Logo

एट्लेटिको मड्रिडले लाइपजिगसँग प्रतिस्पर्धा गर्दै



Spread the love

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्‍वार्टरफाइनल खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडको सामना जर्मन क्लब आरबी लाइपजिगले गर्नेछ। खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

तुलनात्मक रुपमा एट्लेटिको लामो समयदेखि च्याम्पियन्स लिगमा बेग्लै छाप छाड्न सफल क्लब हो । यता लाइपजिग पनि यो सिजन च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको टोली हो ।

एट्लेटिको र लाइपजिगले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। एट्लेटिको १९७४ मा उप विजेता बनेको थियो। त्यस्तै २०१४ र २०१६ मा पनि एट्लेटिको फाइनलमा रियालसँग पराजित भएको थियो। लाइपजिगको भने क्वार्टरफाइनलसम्मको यात्रा नै अहिलेसम्मकै राम्रो हो।

आजको खेलमा जित निकाल्दै दुवै टोली सेमिफाइनलमा आफूलाई स्थापित गर्ने योजनमा छन् ।

प्रतिक्रिया दिनुहोस्