Logo

आज ५२५ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२९ साउन, काठमाडौं । आज थप ५२५ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुनो संख्या ४१ ले बढेको छ ।

२४ घण्टा याता ५२५ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा १११, मोरङका ८८, धनुषाका ५३, पर्साका ३९, मकवानपुरका २८, सर्लाहीका २६, रौतहटका २५, कविलवस्तुका २१, सुनसरी र महोत्तरीका २०/०२० जना, रुपन्देहीका १२, चितवनका ११, ललितपुरमा ११, बाँकेका १० र काभ्रेका ८, भक्तपुरमा ५ , इलामका ४ जना, रामेछाप, प्युठान, कास्की, नवलपुर र बर्दियाका ३/३ जना, झापा, सिराहा, सिन्धुली र दाङका २/२ जना तथा उदयपुर, बारा, नुवाकोट, दोलखा, नवलपरासी, तनहुँ, पाल्पा, सुर्खेत, बैतडी र डोटीका १/१ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९६ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्