Logo

‘साउथ चाइना सी’मा चिनियाँ गतिविधिप्रति अस्ट्रेलियाको चासो



Spread the love

२९ साउन, एजेन्सी – चिनियाँ पक्षकाे अस्थिर गतिविधिप्रति अस्ट्रेलियाले चासो देखाएको छ । साउथ चाइना सीमा भइरहेका गतिबिधिबारे चासो देखाइरहेको अस्ट्रेलियाले संयुक्त राष्ट्र संघका महासचिव समक्ष एक नोटसमेत दर्ता गराएको छ ।

भारतका लागि अस्ट्रेलियाली उच्चायुक्त बेरी ओ’फरेलले बताए अनुसार अस्ट्रेलियाले चीनको गैरकानुनी सामुद्रिक दाबीलाई खारेजको माग गर्दै उक्त नोट दर्ता गराएको छ ।

बेरी ओ’फरेले भने, “साउथ चाइना सीमा भइरहेको चिनियाँ अस्थिर गतिविधिहरु र तनावपूर्ण अवस्थाका बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

अस्ट्रेलिया सरकारले कुनै पनि चिनियाँ दाबी मान्‍न तयार छैन र संयुक्त राष्ट्र संघको महासभाले पनि यसविरुद्ध निर्णय गरेको छ । भारत-चीनबीचको सीमा तनावलाई उल्लेख गर्दै अस्ट्रेलियाले सधैं तनाव कम गर्ने भारतीय पक्षको पहलको पक्षमा रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्