Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

३० साउन, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १२ सय २१ जनाको मृत्यु भएको छ भने हिजो १३ तारिखमा १३ सय ८५ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको हो । ५३ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख ७० हजार ३ सय ५२ जनाको मृत्यु भएको छ भने ५४ लाख १३ हजार भन्दा बढी संक्रमित भएका छन् । २८ लाख ३२ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्