Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

३० साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ९ सय ५० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १ हजार ६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६४ हजार १ सय ४२ जना संक्रमित हुँदा १ हजार ६ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा २४ लाख ५९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये १७ लाख ५० हजारभन्दा बढी निको भइसकेका छन् भने ४८ हजार १ सय ४४ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्