Logo

नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

३० साउन, काठमाडौँ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा, बारा र महोत्तरीका ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्ज स्थित रहेको भारतीय महावाणिज्य दुतावासका ३२ वर्षीय एक जना कर्मचारी र वीरगन्जमा रहेको ग्लोबल आइ एम ई बैंकका ४३ बर्षका एक जना पुरुष कर्मचारीमा पनि संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएको छ।

त्यसैगरी बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाका २० जना, बिश्रामपुरका एक जनाको पनि रिपोर्ट पोजेटिभ आएको छ । महोत्तरीको जलेश्वरका एक बालक र महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्