Logo

नेपाली सेना द्वारा विपद पुर्वतयारीको प्रयोगात्मक अभ्यास प्रदर्शन !



Spread the love

३१ साउन, गुल्मी । नेपाली सेना बिरभद्र जंग गुल्म गुल्मीले विपद पुर्व-तयारीको प्रयोगात्मक अभ्यास सम्पन गरेको छ ।

No description available.

शुक्रबार तम्घास स्थित धागिथुम ब्यारेकमा विपदको कसरी सामान गर्ने विपद पछि कसरी उद्दारमा खटिने भन्ने विषयमा सेनाले अभ्यासको माध्यम बाट जानकारी गराएको हो । प्राकृति विपत्ति अन्तर्गत बाढी पहिरो , भुकम्प , सडक दुर्घटना , आगलागी जस्ता विपदका विषयमा खोज तथा उद्दार र साथै पुर्व तयारीको बारेमा सेनाले जानकारी गराएको हो ।

गाउँ घरमा सामान्य मेलापात तथा घाँस दाउरा गर्दा हुने दुर्घटना बाट कसरी बच्ने र दुर्घटना पछि के कसरी उद्दार गर्न साथै उद्दारको लागी स्थानीय स्तरमै उपलब्ध स्रोत र साधनलाई कसरी प्रयोग गर्न सकिन्छ भने विषयमा समेत सेनाले जानकारी गराएको छ । विपद पछि कसले कहाँ कुन भुमिका निभाउने भनेर कृतिम घर , कृतिम बिरामी , कृतिम अवस्था सिर्जना गरेर सेनाले सरल र सहज ढंगले नाटकीय रोल खेल्दै उद्दार र प्राथमिक उपचारको बारेमा प्रदर्शन गरेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा , प्रहरी प्रमुख राजेन्द्र सिंह खड्का , शसस्त्र बल गुल्मीका प्रमुख अशोक कुमार लम्साल पत्रकार लगायतको सहभागिता भएका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्