Logo

लायन्स क्लबद्वारा गुल्मीका पहिरो पीडितलाई राहत सामग्री प्रदान



Spread the love

३२ साउन, गुल्मी – लायन्स क्लबले गुल्मीका पहिरो पीडितलाई राहत सामग्री प्रदान गरेको छ । लायन्स क्लब अफ काठमाडौ ,गुल्मी , लायन्स क्लब अफ गुल्मी तम्घास र लायन्स क्लब अफ तम्घास रेसुङ्गाले जिल्लाको इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाका पहिरो पीडितलाई राहत सामग्री उपलब्ध गराएका हुन् ।

क्लबका सम्पुर्ण पदाधिकारीले आफ्नो व्यक्तिगत खर्चबाट पीडितलाई सहयोग गरेको लायन्स क्लब अफ गुल्मीका संस्थापक अध्यक्ष बालसिंह काउछाले बताए । क्लबले मुसिकोट नगरपालिकामा ४० घर परिवारलाई त्रिपाल उपलब्ध गराएको छ भने इस्मा गाउँपालिकामा खाद्यान्न सामग्री प्रदान गरेको छ । दुई स्थानीय तहको आवश्यकता अनुसार राहत प्रदान गरिएको लायन्स क्लबका जिल्ला संयोजक युवराज न्यौपानेले बताए ।

पीडित परिवारको घाउमा मल्हम लगाउन आफ्नो तर्फबाट थोरै राहत सामग्री प्रदान गरिएको क्लबले जनाएको छ ।

त्यस्तै इस्मा गाउँपालिकाले लायन्स क्लबलाई धन्यवाद ज्ञापन गरेको छ । राहत सामग्री ग्रहण गर्दै इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विस्टले प्राकृति विपत्तिमा गाउँपालिका एक्लो नभएको उल्लेख गर्दै लायन्स क्लबलाई धन्यवाद दिएका छन ।

पहिरो पीडित पनि राहत पाएपछि केही हर्षित बनेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्