Logo

मकालु एयरको विमान हुम्लामा दुर्घटना, पाइलट र कोपाइलट घाइते



Spread the love

slider-1
मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना भएको छ । हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना भएको हो ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम शर्माका अनुसार विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । उनीहरु घाइते भएका छन् । उनीहरुलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

विमानको इन्जिनमा खराबी आएपछि फोर्स ल्याण्डिङ गराउने क्रममा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्