Logo

प्युठानमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु, तीन बिरामी



Spread the love

२ भदौ, प्युठान । प्युठानमा जङ्गली च्याउ खादा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने तीन जना बिरामी परेका छन् ।

फाइल तस्बिर

जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ ढांडखोलामा जङ्गली च्याउको तरकारी खाँदा एकै परिवारका दुई दाजुभाइ मृत्यु भएको छ भने परिवारका अन्य सदस्य बिरामी परेका हुन । वर्ष १५ का सुरेश घर्ती र वर्ष १३ का सुगम घर्तीको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

त्यस्तै ३५ वर्षीय विष्णु घर्ती, ३४ वर्षिया लीला घर्ती र १६ वर्षीय शशी घर्ती बिरामी परेका छन् । उनीहरूको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ ।

साउन ३१ गते जङ्गली च्याउ खाइसके पछि उनीहरू बिरामी परेको र उपचार नपाए पछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । त्यस्तै घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले सल्लेरी खबरलाई बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्