Logo

एकै जिल्लाका ७ प्रहरीसहित ६६ जनामा कोरोना संक्रमण



Spread the love

१ भदौ, पर्सा । पर्सामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा १७ महिलासहित ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

बहुदरमाई नगरपालिका–४ बहुअरीका २० जना र अन्य वडाका ५ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साका पाँच जना र बडा प्रहरी कार्यालय विर्ताका दुई जना गरी सात प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्