Logo

गाउँको पीडामा प्रवासीको साथ : बाढीपहिरो पीडितलाई दक्षिण कोरियाबाट पठाए आर्थिक राहत



Spread the love

२ भदाै, गुल्मी – गुल्मीका प्रवासीले उदाहरणीय कार्य गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) का कारण आफ्नै अवस्था नाजुक बनिरहेको परिस्थितिमा पनि प्रवासीले गाउँको पीडाप्रति चासो देखाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

गत असार १८ गते अविरल वर्षासँगै बाढी र पहिरोका कारण क्षेतविक्षत बनेको इस्मा गाउँपालिका वडा नम्बर एक मल्दीका पीडित परिवारलाई गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्वारा सङ्कलित रु दुई लाख ८४ हजार हस्तान्तरण गरिएको हो ।

सोहि वडामा घर भई हाल दक्षिण कोरियामा रहेका यम खत्री र गुल्मी जुनिया निवासी चन्द्र रानाको सम्योजकत्वमा सङ्कलन गरी पठाइएको राहत रकम बाढी पहिरो पीडितहरुलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गरेर वितरण गरिएको हो ।

वडा कार्यालयमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा एम खत्रीका मावली हजुरबुवा भुपाल सिंह विष्टको प्रमुख आतिथ्यमा त्यस वडाका वडाध्यक्ष चुराबहादुर खत्रीले ५९ घरधुरी बाढीपहिरो पीडित परिवारलाई नगद हस्तान्तरण गरेका थिए ।

क वर्गका २ घर परिवारलाई ८ हजार ,ख वर्गका ३४ घरधुरीलाई साढे ५ हजार र ग वर्गका २३ घरधुरीलाई साढे ३ हजारका दरले नगद रकम प्रदान गरिएको हो ।

हाल रोजगारीको सिलसिलामा कोरिया रहेका सोहि वडाका यम खत्रीको अनुरोधमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष चन्द्र रानाले त्यस वडाका बाढीपहिरो पीडितहरुको सहयोगार्थ विभिन्न जिल्लाका ५० जना नेपालीहरुबाट आर्थिक सहयोग सङ्कलन गरि रकम पठाएको बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्