Logo

त्यो एक तस्वीर जसले गर्दा क्षणभरमा जागिर चट् भयो



Spread the love

एजेन्सी। इमानुएल क्याफर्टी संयुक्त राज्यको स्यान डिएगो शहरमा ग्यास र बिजुली अनुसन्धान गर्ने कामबाट फर्किरहेका थिए।

४७ बर्षे मेक्सिकन अमेरिकी इमानुएल कम्पनीको ट्रकबाट फर्कदै थिए। गर्मी मौसम भएकोले उनले कारको शिसा खोलेका थिए र यसबाट दाहिने हात बाहिर निकालेका थिए।

तर, अर्को केहि घण्टामा केही हुनेवाला थियो जसमा उनको जागिर जाँदै थियो र उनी नश्लवादी घोषित हुँदै थिए। र यो सबै केवल उनको औंलाहरूले बनाएको विशेष संकेतको कारण भयो।

त्यस व्यक्तिको लागि क्याफर्टीले हातले बनाएको चिन्ह गोरा जातीको प्रभुत्वसँग सम्बन्धित थियो।

यस घटनाको दुई घण्टा पछि, क्याफर्टीलाई सुपरवाइजरको फोन आयो। उनले भने कि क्याफर्टीलाई सोशल मिडियामा जातीयवादी भनिएको छ र उनलाई बिना तलब कामबाट निलम्बन गरिएको छ।

एक घण्टा पछि, केही साथीहरू उनको घरमा आए र कम्पनीको ट्रक र कम्प्युटर लिएर गए। पाँच दिन पछि, उनलाई जागिरबाट बर्खास्त गरियो।

क्याफर्टी भन्छन् कि उनलाई यो थाँहा थिएन कि यस प्रकारले औंलाहरू पल्टाउनु जातीवादको चिन्ह हो।

प्रतिक्रिया दिनुहोस्