Logo

काभ्रेमा कोरोना संक्रमितको संख्या सय नाघ्यो



Spread the love

३ भदाै, काभ्रे – काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या सय नाघेको छ । आज पाँच थपिएपछि सङ्क्रमितको सङ्ख्या जिल्लामा १०२ पुगेको छ । आज पुनः धुलिखेल अस्पतालका तीन कर्मचारी तथा बनेपा नगरपालिका–९ को २९ वर्षीय एक महिला र बनेपा नपा–१३ को एक पुरुषमा कोराना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । मङ्गलबार अस्पतालको छ कर्मचारीसहित १६ मा कोरोना सङ्क्रमण भएको थियो ।

केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सक्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । सोमबार चार, आइतबार पाँच, शनिबार नौ र शुक्रबार १० मा सङ्क्रमण देखिएको थियो । सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् । हालसम्म काभ्रेपलाञ्चोकका १०२ मा कोरोना सङ्क्रमण देखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए ।

उनका अनुसार कूल सङक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३५ उपचारपछि घर फर्किएका छन् । बाँकी सङक्रमितको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ । काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन तथा ३९ श्ययाको आइसोलेशन बेड व्यवस्थित गरेका छन् । पोष्टका अनुसार हाल स्थानीय तहलगायत संस्थाको क्वारेन्टिनमा ७६ पुरुष र १३ महिला बसेका छन् । छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९४२ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाईपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्