Logo

कोरोना संक्रमणबाट थप एक युवाको मुत्यु



Spread the love

४ भदौ, राजविराज । अस्ति धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मृत्यु भएका सप्तरीका युवक राजविराज वडा नं. ४ का २८ वर्षीय युवक हुन् । उनलाई ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो ।

अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । धरान लगिएको केहीबेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको थियो । स्वाबको रिपोर्ट बुधबार राति कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्