Logo

सिपिएल – सन्दीप लामिछाने सम्मिलित जमैकाको विजयी सुरुवात



Spread the love

एजेन्सी । नेपाली राष्ट्रिय टोलिको लेग स्पिनर सन्दीप लामिछाने आबद्ध जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा विजयी सुरुवात गरेको छ। जमैकाले बुधबार राती सेन्ट लुसिया जुक्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

१ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले १८.५ ओभरमा ५ विकेटको नोक्सानी मा लक्ष्य भेटायाे । आसिफ अली २७ बलको सामाना गर्दै ४७ रनमा अविजित रहँदै जित पक्का गरे ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको जुक्सले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ५८ रन बनाएको थियो। जुक्सका लागि रोस्टन चेशले ४२ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए ।

नेपाली स्पिनर सन्दिप लामिछानेले राम्रो किफायती बलिंग गर्दै ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए। यस क्रममा उनले नजीबुल्लाह जद्रानको विकेट लिए। आन्द्रे रसेलको नाममा १ विकेट रह्यो ।

जमैकाले शुक्रबार बिहान ट्रीनबेगो नाइट राइडर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया दिनुहोस्