Logo

मन्दिरका पुजारीको गोली हानी हत्या



Spread the love

४ भदाै, राैतहट – मन्दिरका पुजारीको गोली हानि हत्या गरिएको छ ।

राैतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको हो ।

बुधबार राती सवा ९ बजेको समयमा उनको कञ्चटमा गोली प्रहार भएको बताइएको छ ।

गोली प्रहार गर्दा पुजारी खाना खाइरहेको अवस्थामा रहेको प्रहरीको भनाइ छ । घटनाको विस्तृत विवरण खोज्ने तथा अनुसन्धानको काम भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्