Logo

च्याम्पियन्स लिग- लियोनमाथि बायर्नको सहज जित, उपाधिका लागि पिएसजीसँग भिड्ने



Spread the love

एजेन्सी । बायर्न म्युनिखले लियोनमाथि जित निकाल्दै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति लियोनमाथि ३-० को जित हात पार्दै बायर्नले पिएसजीसँगको भेट पक्का गरेको हो।

खेलको १८ औं मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। ३३ औं मिनेटमा उनले नै दोस्रो गोल गर्दै पहिलो हाफमा बायर्नलाई २-० को अग्रता दिलाए। खेल सकिन दुई मिनेट बाँकी रहँदा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३-० को जितसहित फाइनलमा पुर्याए।

उपाधिका लागि बायर्नले अब फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) को आइतबार सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्