Logo

सिन्धुपाल्चोक लिदि पहिरो – थप ३ जनाको शव भेटियाे, अझै ११ जना बेपत्ता



Spread the love

४ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाँउपालिकामा गत शुक्रबार गएको पहिरोमा बेपत्ता भएका थप तीन जनाको शव भेटिएको छ । पहिरोमा परेर अझै ११ जना बेपत्ता छन् ।

गत शुक्रबार विहान जुगल गाउँपालिका बडा नम्बर दुई लिदीको पहिरोमा बेपत्ता भएका दुई महिला र एक बालकको शव आज फेला परेको हो ।

हालसम्म १५ पुरूष र १३ महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोमा बेपत्ताको शुक्रबारदेखि नै सेना, प्रहरी र सशस्त्रको टोलीले खोजी जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्