Logo

सप्तरीमा मृत्युपछि थप एकजनामा कोरोना पुष्टि



Spread the love

४ भदौ, सप्तरी । सप्तरीमा थप एकजनामा मृत्यु पछि कोरोना पुष्टि भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय युवकमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो ।

केहि दिनदेखि रुघा खोकी, स्वाशप्रश्वाश, दम लगायतको समस्या देखिएपछि मृतकलाई मंगलवार उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजको ओपिडिमा लगिएको थियो ।

उपचार सम्भव नभएपछि विपी कोईराला विज्ञान प्रतिष्ठान धरानमा रिफर गरेपछि त्यहाँ नै मृत्यु भएको भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्