Logo

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना कारबाहीमा



Spread the love

४ भदौ, काठमाडौं। बुधबार मध्यरातिदेखि काठमाडौंमा लागू भएको निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना कारबाहीमा परेका छन्।बिहान ११ बजे सम्म निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना कारबाहीमा परेका हुन् ।

अत्यावश्यक काम नपरी निस्किएकालाई ठाउँको ठाउँ उभ्याएर कोरोनाबारे जानकारी गराई छाड्ने गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

कोरोना संक्रमण बढेपछि काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रशासनले एक साताका लागि निषेधाज्ञा लागू गरेकाे हाे।

प्रतिक्रिया दिनुहोस्