Logo

राष्ट्रपतिका आलोचकलाई विष खुवाइयो



Spread the love

४ भदाै, एजेन्सी – रूसका राष्ट्रपतिका आलोचकलाई विष खुवाइएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनकका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई विष खुवाइएको हो ।

विष सेवन गराइएपछि उनी कोमामा पुगेका थिए भने साइबेरियास्थित अस्पतालको भेन्टिलेटर राखिएको बताइएको छ ।

नाभाल्नीका प्रवक्ता किरा यार्मिसका अनुसार ४४ वर्षीय नाभाल्नीलाई चियामा मिसाएर विष खुवाइएको थियो ।

चिया खाइसक्ने बित्तिकै नाभाल्नीले असहज महसुश गरेका थिए । बाथरुमभित्रै बेहोस भएका नाभाल्नी अहिलेसम्म अचेत नै छन् ।

पुटिनका आलोचकका रूपमा चिनिने नाभाल्नीलाई यसभन्दा अघि पनि आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्