Logo

विवाहमा सात जना मात्रै सहभागी हुन पाइने



Spread the love

४ भदाै, काठमाडाैँ – अबदेखि विवाहमा बढीमा सात जनामात्रै सहभागी हुन पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर हुने वैवाहिक कार्यक्रममा सात जना मात्रै सहभागी हुनपाउने बताएकत्त हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत कमलप्रसाद पण्डेले सूचना निकालेर यसबारे जानकारी गराएका हुन् ।

काठमाडौँ उपत्यकामा भदौ १० गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । गत ४ महिना गरिएको लकडाउन भन्दा यो निषेधाज्ञा कडा हुने समेत बताइएको छ ।

काठमाडौँ उपत्यकामा दिन प्रतिदिन कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । बिहीबार काठमाडौँ उपत्यकामा मात्रै २ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्