Logo

दुर्गेशको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको २४ घण्टामै ट्रेन्डिङ नम्बर १ मा !



Spread the love

४ भदाै, काठमाडाैँ – गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । बुधबार दुर्गेशले ‘आलु जस्तो गायक’ गीत सार्वजनिक गरेका हुन् ।

पछिल्लो समय उनी ‘ट्रोल’को सिकार बनेका छन् । ऋषि धमलाको ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा दुर्गेशलाई नारायणगोपालको कुनै एउटा गीत गाउनु भनेर अनुरोध गर्दा उनले भक्तराज आचार्यको गीत गाएपछि विवादमा आएका थिए ।

दुर्गेशको ‘आलु जस्तो गायक’मा बसन्त थापाले शब्द र संगीत दिएका छन् भने भिडिओमा शिव बिकको निर्दर्शन तथा कोरियोग्राफी छ रहेको छ ।

दुर्गेश थापाकै स्वर रहेको गीतमा दुर्गेश सहित पल शाह, पुष्प खड्का र सरिता केसीको पनि नृत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्