Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

५ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या यथावत रहेको छ । हिजो १ हजार ८० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ९ सय ८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६८ हजार ५ सय ७ जना संक्रमित हुँदा ९ सय ८१ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा २९ लाख ४ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २१ लाख ५७ हजारभन्दा बढी निको भइसकेका छन् भने ५४ हजार ९ सय ७५ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्