Logo

सार्वजनिक यातायात सञ्चालनमा रोक



Spread the love

५ भदाै, काभ्रे – काभ्रेपलाञ्चोकमा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । कोरोना स‍ंक्रमणको दर बढ्दै गएको भन्दै काभ्रेपलाञ्चोक जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको हो । कोभिड-१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले बिहीबारदेखि जिल्लाभर सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ ।

सार्वजनिक यातायातका साधन यही भदौ १० गतेसम्मको लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यलय काभ्रेले जानकारी दिएको छ । जिल्लाका सहर तथा बजार क्षेत्रमा भीडभाड तथा आवागमन बढ्दै गएका कारण कोरोना संक्रमणको जोखिम देखिएकाले सार्वजनिक यातायात बन्द गर्नु परेको प्रशासनले सूचनामा जनाएको छ ।व्यवसाय तथा पसलहरू स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न निर्देशन दिएको छ । जसमा हरेक बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने जानकारी दिइएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जिल्लामा हाल १०२ जना संक्रमित पुगेका छन् । जसमा हाल सक्रीय संक्रमित ६२ रहेका छन् भने ३८ जनाले कोरोना जितिसकेका छन् । २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्