Logo

सिपिएल – सन्दीप लामिछाने आबद्ध जमैकाको पहिलो हार



Spread the love

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली राष्ट्रिय टोलिका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध जमैका तलावाज दोस्रो खेलमा पराजित भएको छ । शुक्रबार विहान भएको खेलमा तलावाज ट्रीनबेगो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो ।

जमैकाले जितका लागि दिएको १ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा ट्रीनबेगो नारायणको सानदार अर्धशतकसँगै जिततर्फ धकेलिएको थियो । टोलीले १८.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटायाे ।

जमैकाका लागि सन्दीपले ४ ओभरमा ३० रन खर्चेर १ विकेट हात पारे । मुजिब र एडवार्ड्सले १/ १ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ थालेको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन जोडेको थियो । ओपनर ग्लेन फिलिप्सले सर्वाधिक ५८ रनको योगदान दिँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्