Logo

पाटन अस्पतालमा दुई र बुटवलमा एक कोरोना संक्रमितको मृत्यु



Spread the love

५ भदौ, काठमाडौं । पाटन अस्पताल दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । दोलखा र सर्लाहीका दुईजना संक्रमितथको उपचारको क्रममा आज मृत्यु भएको हो ।

दोलखाका ३० वर्षीय पुरुष र साउन ३१ गते देखि उपचाररत सर्लाहीका ४६ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा आज विहान कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्