Logo

गुल्मीमा छुट्टाछुट्टै स्थानमा भेटियाे दुई पुरुषको शव



Spread the love

५ भदौ, गुल्मी । गुल्मीमा छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ । जिल्लाको मालिका गाउँपालिका सात घमिरको लक्ष्मी होटेलमा सोहि वडाका वर्ष ३६ का बक बहादुर विक मृत भेटिएका छन्।

गए राती देखी अत्याधिक मदिरा सेवन गरेका बिक बिहान मृत अवस्थामा भेटिएको होटेल सञ्चालकलाई उदृत गर्दै गुल्मी प्रहरीले जनाएको छ । त्यस्तै, यता जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर दुई पालुवामा पनि एक पुरुषको शव फेला परेको छ ।

सोही वडाका वर्ष ३१ का चुरा बहादुर कुँवर घर देखी करिब १ एक सय ५० मिटर पर आफ्नै बारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार प्रसाद पन्थले सल्लेरी खबरलाई बताए ।

कुँवरले पनि गए राती देखी अत्यधिक मदिरा सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटना बारे गुल्मी प्रहरीले थप अनुसन्धान थालेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्