Logo

अरिङ्गालको टोकाईबाट प्युठानमा १० वर्षीय बालकको ज्यान गयो



Spread the love

५ भदौ, प्युठान । अरिङ्गालको टोकाईबाट प्युठानमा १० वर्षीय बालकको ज्यान गएको छ ।

जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर छ का अरविन गिरिको ज्यान गएको प्युठान प्रहरीले जनाएको छ ।

बिहिवार घर छेउको सिसौको बोटमा रहेको अरिङ्गालले टोकेर गम्भीर घाइते भएका गिरिको प्युठान अस्पताल विजुवारमा उपचारको क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले सल्लेरी खबरलाई बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्