Logo

एक साता निषेधाज्ञा थपियो



Spread the love

५ भदाै, चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यस अघि माडी नगरपालिका बाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा आज राती १२ बजेबाट माडी सहित पुरै जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लामा कोरोना सङ्क्रमण वढ्दै गएपछि साउन ३० गते मध्यरात देखि भरतपुर महानगरपालिका र साउन ३२ गते देखि जिल्लाका अन्य पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो ।

स्थानीय तहको सिफारीसमा गरिएको निषेधाज्ञा आज मध्यराती सकिदै छ । निषेधाज्ञाको समय सकिन लाग्दा एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार निषेधाज्ञा भदौ १२ गते मध्यरात सम्म लागु हुने छ ।

भरतपुर महानगरसँगै रत्ननगर, कालिका, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लामा अहिले कोरोना सङ्क्रमित ३ सय ३ पुगेका छन् जसमा महानगरमा १६८, राप्ती नगरपालिका ६५, खैरहनी नगरपालिका १२, कालिका नगरपालिका ५, रत्ननगर नगरपालिका ११, माडी नगरपालिका ४१ र ईच्छाकामना गाउँपालिकामा १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हाललसम्म तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्