Logo

१५ दिनको शिशुमा देखियो कोरोना संक्रमण



Spread the love

५ भदौ, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा १५ दिनको शिशुमा कोरोना संक्रमण देखिएको छ ।

गत सोमबार ती शिशुका ३४ वर्षीय बुबालाई सास फेर्न गाह्रो भएपछि सातदोबाटोस्थित एक निजी अस्पताल लगिएको थियो । अस्पतालले बिरामीको उपचार गर्न नमानेपछि पाटन अस्पताल पुर्‍याइयो । उनका बाबु  मार्केटिङ रिप्रेजेन्टेटिभ हुन् । उनीबाट नै शिशुमा कोरोना सरेको बताइएको छ।

ती शिशुको बिहीबार पोजेटिभ रिपोर्ट आएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्