Logo

अस्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

६ भदाै, एजेन्सी – अस्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । गएको २४ घण्टामा अस्ट्रेलियामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ ।

तर, २१ तारिखमा त्यहाँ कोरोनाबाट १३ जनाको मृत्यु भएको थियो।

गएको २४ घण्टामा अस्ट्रेलियामा १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै अस्ट्रेलियामा जम्मा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ७ पुगेको छ ।

त्यसैगरी १८ हजार ४ सय ६० जना कोरोना संक्रमित उपचारपछि निको हुँदा ५ हजार ४ सय ७५ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्