Logo

इन्टरलाई हराउँदै युरोपा लिगको उपाधि सेभियालाई



Spread the love

एजेन्सी । सेभियाले युरोपा लिगको उपाधि ६ औं पटक जित्दै किर्तीमान बनाएको छ । गएराती भएको फाइनल खेलमा इन्टर मिलानलाई ३–२ ले पराजित गर्दै सेभियाले उपाधि हात पारेको हो ।

सेभियालाई जित दिलाउन लुक डे योङले दुई गोल गरे । लुकाकुले एक आत्माघाति गोल गरेका थिए । इन्टरका लागि लुकाकु र डिएगो गोडिनले एक एक गोल गरे ।

पाँचौ मिनेटमा रोमेरु लुकाकुले पेनाल्टीमा गोल गर्दै मिलानले सुरुवाती अग्रता बनायो । तर १२ औं मिनेटमा सेभियाका लुक डि जोङले गोल गर्दै खेल बराबरीमा ल्याए । ३३ औं मिनेटमा डि जोङले नै व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-१ गोलको अग्रता दिलाए । ३५ औं मिनेटमा डिएगो गोडिनले गोल गर्दै खेल बराबरीमा फर्काए । खेलको ७४ औं मिनेटमा मिलानका लुकाकुले आत्मघाती गोल उपहार दिएपछि सेभिया ३-२ गोलले विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्