Logo

गणेश चतुर्थी पर्व मनाइँदै



Spread the love

६ भदौ, काठमाडौं । भदौ शुक्ल चतुर्थीका दिन अर्थात् आज गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाइने गरिएको हो ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने गर्दछन् ।

भाद्र शुक्ल पक्षको चौथीका दिन मनाइने यो पर्वमा व्रतालुले आज दिनभर निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर सम्पन्न गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्