Logo

कोरोना नियन्त्रणमा आउन अझै दुई बर्ष लाग्न सक्छ – डब्लुएचओ



Spread the love

एजेन्सी। विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले कोरोनाभाइरसको महामारी नियन्त्रणमा आउन अझै दुई बर्ष लाग्ने आकलन गरेको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोस अधानोम गेहब्रेयससले पत्रकार सम्मेलनमा स्पेनिस फ्लू जस्तै कोरोना महामारीले पनि नियन्त्रणमा दुई वर्ष लिने बताएका हुन् ।

कोरोना विश्वमा तीब्र गतिमा फैलिए पनि उच्च प्रविधिका कारण यसलाई स्पेनिस फ्लुको तुलनामा चाँडै नियन्त्रणमा लिन सकिने महानिर्देशक टेडरोसको भनाइ छ ।

दुई करोड २७ लाख भन्दा बढी मानिस विश्वभर संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्