Logo

विरगन्जमा थपिए ६० जना कोरोना संक्रमित



Spread the love

६ भदौ, विरगन्ज। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ जना संक्रमित बारा, एक जना रौतहट र बाँकी पर्साका बासिन्दा हुन् ।

२२ जना भारतीय नागरिक, १ सय १८ जना स्वास्थ्यकर्मी, ८५ जना सुरक्षाकर्मी, ८ जना पत्रकार, ८९ कैदी–थुनुवा, ४८ जना अस्पतालका सफाइकर्मी, गार्ड र कार्यालय सहयोगी रहेको जिल्ला प्रशासन कार्यलयले जानकारी दिए।

४ सय ५० वटा स्याम्पल परीक्षण गर्दा ८ महिलासहित ६० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्