Logo

भाइरल हुनलाई खाए १७ सेकेण्डमा ५० अण्डा !



Spread the love

एजेन्सी । चीनका एकजना व्यक्तिले मात्र १७ सेकेण्डमा ५० वटा अण्डा खाएर कीर्तिमान बनाएका छन् । विभिन्न सोसल मिडियामा अपलोड भएको उक्त भिडियो लाखौँले हेरिसकेका छन् ।

३४ सेकेण्डको उक्त भिडियोमा एकजना मानिस ५ वटा मग अगाडि राखेर बसेका छन् । ५ वटा मगमा गरी ५० वटा अण्डाको भित्री भाग भरिएको छ ।

ती व्यक्तिले मात्र १७ सेकेण्डमा ती पाँचवटै मगमा राखेको अण्डाको झोल सिनित्तै पिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्