Logo

प्लाज्मा थेरापी गरिएको सुनसरीका एक कोरोना संक्रमितको मृत्यु



Spread the love

६ भदौ, विराटनगर । सुनसरीका एक कोरोना संक्रमितको ज्यान गएको छ । धरानमा उपचाररत धरान-१५ का ६७ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

धरानमा उपचाररत उनको शुक्रबार प्लाज्मा थेरापी गरिएको थियो।तर, शनिबार दिउँसो १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ।

उनलाई संक्रमण भएको २७ साउनमा पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्