Logo

एकै चोटी पाँच जिल्लामा थपिए २४ जना कोरोना संक्रमित



Spread the love

६ भदौ, पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८६८ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा पाँच जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

कास्कीमा १६ नवलपुरमा तीन, तनहुँमा दुई, स्याङजाका दुई र बागलुङका एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्