Logo

आज ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

५ भदौ, काठमाडौं । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा आज शनिबार थप ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुनो संख्या २ सय ४ ले घटेको छ ।

२४ घण्टा याता ६३४ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा १६० जना, पर्साका ५९ जना, मोरङका ५२, भक्तपुरका ५०, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जनामा, बर्दियाका ७, सल्यानका ६, ललितपुरमा ६,दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३/३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २/२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १/१ जनामा संक्रमण देखिएको छ ।

योसंगै संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन् । उनीहरुमध्ये १४६ जनाको मृत्यु भएको छ

प्रतिक्रिया दिनुहोस्