Logo

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मी बसेको घर स्थानीयद्वारा घेराउ



Spread the love

६ साउन,काठमाडाैँ – काठमाडाैँमा कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार भएको छ । बानेश्वरको मिलनचोकमा स्थानीयहरूले शनिबार डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेका हुन् ।

लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई उनीहरुले धक्याउँदै स्थानीयहरूले घर घेराउ गरेका हुन् । सो होस्टलमा सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरू राखिएको छ ।

त्यसरी धम्क्याउने कामको नेतृत्व बलभद्र मार्ग टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काले गरेका थिए । उनीहरूको नेतृत्वमा पचास साठी जनाको टोलीले घर घेराउ गरेका सञ्चालकले बताएका छन् ।

भदाै ४ गतेदेखि रानाको होस्टलमा ४ जना स्वास्थ्यकर्मी बस्दै आएका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा राख्नका लागि अस्पतालले उनीसँग आन्तरिक सहमति गरेको थियो ।

देशभर कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै गरेको अवस्थामा स्वास्थ्यकर्मी माथि हुने दुर्व्यवहार पनि बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्