Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड



Spread the love

७ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ९ सय ५३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ९ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७० हजार ६८ जना संक्रमित हुँदा ९ सय १८ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ३० लाख ४३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २२ लाख ७९ हजारभन्दा बढी निको भइसकेका छन् भने ५६ हजार ८ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित अहिलेसम्मकै सबैभन्दा धेरै हुन् ।

प्रतिक्रिया दिनुहोस्