Logo

उपचारका लागि काठमाडौं लैजाँँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु



Spread the love

७ भदाै, झापा – कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको शनिबार अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो । शनिबार दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बीएण्डसी हस्पिटल ल्याइएको थियो ।

एन्जीओग्राफी गर्न राजधानीको गङ्गालाल हृदयरोग केन्द्र लैजान बीएण्डसीले सिफारिस गरेपछि काठमाडौं लैजाँदै गर्दा बाटैमा नै उनको मृत्यु भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।

हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई सुरुमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताइएको छ । तर कोभिड— १९ का विरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि एम्बुलेन्समा राखेर उनलाई झापा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्