Logo

कोरोना संक्रमणबाट छुटा-छुटै दुई जनाको मुत्यु



Spread the love

७ भदौ, काठमाडौँ । आज नेपालमा कोरोना संक्रमणबाट फरक फरक ठाँउमा दुई जनाको मुत्यु भएको छ ।

भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो।

ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ बस्ने ५६ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

संक्रमण पुष्टि भइ वीरगञ्ज हेल्थ केयर कोरोना अस्थायी अस्पतालमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा शनिबार राति साढे ७ बजे मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्