Logo

सीपीएल – सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनको बाबजुद हार्यो तलावाज



Spread the love

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले लगातार दोस्रो हार ब्यहोरेको छ। गएराती भएको खेलमा जमैका गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको हो ।

गुयानाले १९ ओभर एक बलमा अलआउट हुँदै एक सय १८ रनमा समेटियाे । झिनो लक्ष्य पछाएको जमैका २० ओभरमा सात विकेट गुमाएर एक सय चार रन मात्रै बनाउन सक्यो । जमैकाका आन्द्रे रसेलले ५२ रन बनाए पनि अरुले राम्रो रन जोडन सकेनन् ।

सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । नवौं ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो स्पेलमा ८ रन खर्चेर २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्