Logo

घाइते चितुवाको उद्दार गरि गुल्मीका स्थानीयले वन कार्यालयलाई जिम्मा लगाए



Spread the love

७ भदाै,गुल्मी। गुल्मीका स्थानीयले घाइते चितुवाको उद्दारगरि सम्बन्धित निकायलाई जिम्मा लगाएका छन ।

No description available.

शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर छ अर्जैको जङ्गलमा भेटिएको घाइते वयस्क चितुवालाई त्यस क्षेत्रका स्थानीयले जिल्ला वन कार्यालय गुल्मीलाई जिम्मा लगाएका हुन ।

जिल्ला वन कार्यालय गुल्मी र गुल्मी प्रहरीले चितुवालाई नियन्त्रणमा लिई सुरक्षीत स्थानमा राखेको छ । जिल्ला वन कार्यालय गुल्मीका सुचना अधिकारी सलिना केसि ले सल्लेरी खबरलाई भनिन ” वयस्क चितुवा घाइते अबस्थामा रहेको र उसको प्रकृति हेर्दा कुनै विषालु चिज सेवन गरे जस्तो देखिन्छ हामी त्यसको व्यवस्थापनमा लागेका छौ “।

जिल्ला वन कार्यालय गुल्मीमा राखी चितुवाको उपचार भैरहेको छ । चितुवाको स्वास्थ्य अवस्था सुधार आए पछि ब्यवस्थापन गर्न जिल्ला वन कार्यालय गुल्मीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्