Logo

रसियाले बनायो कोरोना भाइरसविरूद्धको दोश्रो भ्याक्सिन



Spread the love

७ भदाै, एजेन्सी – रसियाले कोरोना भाइरस विरूद्धको अर्को भ्याक्सिन पनि विकास गरेको दाबी गरेको छ । रसियाले गृह मन्त्रालय तथा ग्यामेला साइन्टिफिक इन्स्टिच्युटको सहकार्यमा कोरोना विरूद्धको अर्को भ्याक्सिन पनि विकास गरेको दाबी गरेको हो ।

अहिले रसियाले विकास गरेको भ्याक्सिनलाई ‘इपिभ्याक्कोरोना’ नाम दिइएको छ भने यो भ्याक्सिनको परीक्षणमा सहभागीहरूलाई कुनै साइड इफेक्ट नदेखिएको रिपोर्ट समेत सार्वजनिक भएको छ ।

यो भ्याक्सिनले रोग प्रतिरोधात्मक क्षमता उच्च दरले बढाउने बताइएको छ ।

रसियाले नै अगस्ट १२ तारिखमा विश्वमै पहिलो कोरोना भाइरस विरूद्धको भ्याक्सिन दर्ता गराएको छ । तर, सो भ्याक्सिनलाई लिएर वैज्ञानिकहरू सशंकित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्