Logo

सिन्धुपाल्चोकमा एक सातासम्मका लागि लम्बियो लकडाउन



Spread the love

७ भदौ, सिन्धुपाल्चोक। संक्रमण बढ्न सक्ने देखिएकाले सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि जारी लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ ।

आइतबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी थप गर्ने निर्णय गरेको हो ।

त्यसको समयसीमा आइतबार सकिँदै थियो तर कोरोना संक्रमण जोखिम अझै रहेको भन्दैे जिल्लामा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्