Logo

विश्वभरबाट ३२ हजार भन्दा बढी नेपालीले जिते कोरोनालाई



Spread the love

एजेन्सी । विश्वका विभिन्न ३८ देशमा कार्यरत ३२ हजार भन्दा बढीले नेपालीले कोरोनालाई जितेका छन् ।

शनिबार साँझसम्म संसारका ३८ देशमा कार्यरत ३४ हजार ३ सय १ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।

सङ्क्रमितमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना नेपाली शनिबार साँझसम्म कोरोना मुक्त भएको समितिले जनाएको छ ।

विदेशका १६ देशमा १९२ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्